Sunday, November 1, 2009

संघीयता एक चिनारी

मोहन कुमार

संघीयता शब्दलाई अंग्रेजीमा ँभमभचबष्क्रि भनिन्छ । यो शब्द ल्याटिन भाषाको ायभमगक बाट आएको हो । जसको अर्थ ूएकताू वा ूसम्´ाैताू हुन्छ । अठारौं शताब्दी देखि विशिष्ट प्रकारको राज्य संगठनलाई वर्णन गर्न यस शब्दको प्रयोग गर्न थालेको पाइन्छ । संघीयता राज्य संगठनको एउटा स्वरुप हो । एकात्मक राज्यको विकल्पको रुपमा संघीयतालाई लिएको पाइन्छ । आधुनिक स्वतन्त्र राष्ट्रहरुले बहुजातीय बहुसांस्कृतिक तथा बहुधार्मिक राज्यहरुको सवालमा पर्याप्त समाधान दिन नसकेको कारणबाट संघीयताको शुत्रपात भएको मानिन्छ । सामुहिक राजनीतिक पहिचान प्रतिनिधित्व र अधिकारको निमित्त संघीयताको सवाल अघि बढेको हो ।बहुजातीय समाज भएका मुलुकहरुको लागि संघीयतालाई राज्य संगठनको एउटा उचित स्वरुप मानिएको छ । सबै संघीय राज्यहरु विविधतालाई समेट्न तथा पृथकतावादी ´ुकाव न्यून गर्न धेरै हदसम्म सफल रहेको बैज्ञानिक अध्ययनहरुले देखाएका छन् ।संघीयतामा कम्तीमा दुई ओटा तह क्रम वा स्तरहरु हुन्छन्ः केन्द्र र प्रदेशहरु । प्रदेशहरुलाई पुकारिने नाम फरक हुन सक्दछन् । देशको माटो सुहाउँदो ऐतिहासिक भूमि भाषा तथा क्षेत्रको आधारमा प्रदेशहरुको नामाकरण गर्न सकिन्छ । संघीयता संवैधानिक रुपले स्थापित तथा प्रत्याभूत गरिएको स्वशासन र सा´ा शासन हो । स्वशासनको सिद्धान्तमा आधारित प्रदेशहरुमा निश्चित निर्णय-प्रकि्रयाहरु प्रदेशकै मातहतमा रहन्छन् । शक्ति र दक्षताको परिधिमा रही प्रदेशहरुले केन्द्रबाट विना रोकटोक काम गर्न सक्छन् । संघपिच्छे दक्षताको स्तर फरक हुन सक्छ । तिनलाई दिइने शक्ति संगै कर असुल्न पाउने शक्ति जस्ता राजस्वका पर्याप्त स्रोतहरु पनि हुनुपर्छ । सा´ा शासनको सिद्धान्तमा प्रदेशहरु प्रदेश तहमै निर्णय प्रकि्रयामा सामेल हुन्छन् । यस्तो व्यवस्थामा प्रायः व्यवस्थापिकाको दोस्रो सदनमा विशेष प्रतिनिधित्व हुन्छ । केन्द्रीय संस्थाहरुको निर्णय प्रकि्रयामा हुने यस्तो सहभागिताबाट प्रादेशिक इकाईहरुले केन्द्रीय शक्तिकै विषयमा पनि विशेष भनाइ राख्न सक्छन् । संवैधानिक प्रत्याभूतिले स्वशासन र सा´ा शासनको स्वरुपलाई रक्षा गर्छ । शक्तिको वितरण समेत गरी संविधानले संघीयताका प्रमुख पक्षहरुलाई नियमन गरेको हुन्छ । त्यसकारण संविधानमा संघीयताका सबै पक्षहरुलाई सूक्ष्म रुपमा केलाएर राख्नु अपरिहार्य हुन्छ । आजसम्म जम्मा २५ मुलुकहरुलाई संघीय मुलुक भनेर चिनिन्छ । अर्जेन्टिना अस्ट्रेलिया बेल्जीयम बोस्निया र हर्जगोभिना ब्राजिल क्यानडा कोमोरोस इथियोपिया जर्मनी भारत इराक मलेसिया मे_िक्सको माइक्रोनेसिया नाइजेरिया पाकिस्तान रुस सेन्टकिट्स र नेभिस स्पेन दक्षिण अपि्रुका स्विटजरल्याण्ड संयुक्त अरब इमिरेट्स संयुक्त राज्य अमेरिका र भेनेज्वेला देशहरु संघीय मुलुक हुन् । संघ सिर्जना गर्ने राजनीतिक उद्देश्य एउटा देशबाट अर्को देशमा फरक हुन सक्छ । विभिन्न समूह तथा सरोकारवालाहरुलाई एकीकृत गर्न खोज्ने प्रदेशले प्रादेशिक पद्धति पनि फरक किसिमको बनाएको हुन्छ । यस्तो स्वरुपको प्रदेशले विभिन्न समूहलाई केन्द्रीय संरचना तथा निर्णय प्रकि्रयामा सहभागी गराउन सक्छ । यसले उनीहरुलाई महत्वपूर्ण सवालहरुमा स्थानीय स्वायत्त शासन साचालन गर्न सक्ने सम्भावना दिन्छ । यसले निर्वाचन पद्धति संरचनाहरुको बनोट निर्णय प्रकि्रया तथा स्वशासनको सीमाका साथै प्रदेश र केन्द्रबीचको शक्ति वितरणमा पनि प्रभाव पार्छ । संघीय राज्यमा एक आपसमा विश्वास र अरु प्रति सहिष्णुताको एउटा न्यूनतम आधार हुनु जरुरी हुन्छ । संघीयताले लोकतन्त्रलाई सुदृढ पार्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । राष्ट्रपतीय र संसदीय दुवै व्यवस्थाहरु संघीय हुन सक्छन् । कार्यपालिका र व्यवस्थापिका तथा संसदका दुई सदन दुवैबीचको शक्ति सन्तुलन फरक हुन सक्छ । राष्ट्रपतीय व्यवस्थाको सरकार भएको संघले संसदको दुवै सदनलाई समान शक्ति दिन्छ । संसदीय व्यवस्था भएको संघले प्रादेशिक इकाईहरुलाई प्रतिनिधित्व गर्ने सदनलाई सिमित शक्ति दिन्छ । समानुपातिक निर्वाचन प्रणालीले बहुदलीय व्यवस्थातर्फ उन्मुख गराउँछ र यो साना समूहहरुलाई समेत समेट्ने खालको हुन्छ । विश्वका १३ ओटा मुलुकहरुले समानुपातिक प्रतिनिधित्व सहितको संघीय संरचना अंगालेका छन् ।संघीयताले स्वशासनको अधिकार दिन्छ । कर असुल्न पाउने शक्ति वित्तीय स्वायत्तता सुनिश्चित गर्ने एउटा संयन्त्र हो त्यसैगरी प्राकृतिक स्रोत उपभोग गर्न पाउने अधिकार अर्को संयन्त्र हो । विभिन्न समूहहरु समेट्न चाहने राज्यको लागि संघीयता एउटा आकर्षक सांगठनिक सिद्धान्त बन्न सक्छ । प्रत्येक प्रदेशलाई राष्ट्र निर्माणमा समान भूमिका हुने पहिचान दिन सक्छ । समूहका आकांक्षा र दक्ष तथा प्रभावकारी स्वशासनको विषयलाई गम्भीर रुपले अबलम्बन गर्न सक्छ । यसले संवेदनशील विषयहरुलाई स्वशासनको बृहत् शक्तिलाई पनि समेट्छ । सबै समूहहरुले एउटै राज्यमा बस्न चाहेका हुन्छन् भन्ने संंघीयताको पूर्व मान्यता हुन्छ ।

No comments:

Post a Comment